शुक्रबार क्रेगिबर्न नेपाली कम्युनिटीको साधारणसभासँगै तीजको दर खाने कार्यक्रम


क्रेगिबर्न नेपाली कम्युनिटी सिएनसिको वार्षिक साधारण सभा शुक्रबार हुने भएको छ । साधारणसभासँगै तीज को दर खाने कार्यक्रम पनि सञ्चालन गर्न लागिएको समाजले जनाएको छ । Cregibernसन २०१४ मा स्थापना भएको सिएनसिको यो पहिलो साधारण सभा हो । संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले शुक्रबार बेलुकी ५ बजेदेखि साधारणसभाको नियमित प्रक्रिया सुरु गरिने र करिब ७ बजेबाट राति १० बजेसम्म तीजको दर खाने कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार साधारण सभामा संस्था को प्रगती प्रतिबेदन, आय व्यय विवरण तथा भावी कार्यक्रमबारे छलफल हुनेछ । यसका साथै आगामी कार्यकालको लािग नयाँ नेतृत्व समेत चयन गर्ने तयारी छ । मेलबर्न बाट झन्डै २५ किलो मिटर उत्तरतिर अबस्थित क्रेगिबर्न क्षेत्रमा झन्डै १०० नेपाली परिवार स्थायी रुपमा बसोबास गर्दछन् । यस क्षेत्रमा नेपालीको संख्या बढ्ने क्रम पनि जारी नै छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको प्रतिनिधिमूलक संस्था सिएनसिले नेपाली भाषा कक्षा, नियमित खेलकुदका गतिबिधीसहित विभिन्न चाडपर्व लगायतमा मनोरञ्जनात्मक कार्यक्रम पनि गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?