‘लायनरक’ तुफानमा परी जापानमा १७ बेपत्ता


उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफाJapanनका कारण १७ बेपत्ता भएका छन् ।

लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका थिए । बिहीबार बेपत्ता हुने व्यक्तिको संख्या १७ पुगेको अधिकारीहरुले बताएका छन् ।

एवाइजुमी सहरमा तूफानका कारण उठेको नदीको स्तर र हिलो माटोमा परी १० जनाको मृृत्यु भएको छ । मारिएका १० मध्ये नौ जना बृद्धाश्रममा बस्ने व्यक्ति हुन् । इवेटे प्रान्तको कुजी सहरमा एक महिलाको शव फेला परेको छ ।

लायनरकको कारण १७ व्यक्ति बेपत्ता भएको सहरका अधिकारी यसुयुकी इजहिगुरोले बताएका छन् ।

सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पु¥याएको भन्दै उद्धार गरी अन्यत्रै सारिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?