खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँले घट्यो
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले ग्यासको मूल्य घटाएको हो । दसैं, तिहार र छठ पर्वका अवसरमा उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले मूल्य घटाएको हो ।
हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् । पेट्रोल, डिजेल र मटिटतेलको मूल्य भने सामायोजन गरिएको छैन ।