अस्ट्रेलियाका टेनिस खेलाडी बेनार्ड टोमिकलाई १० हजार अमेरिकी डलर जरिवाना, दर्शकलाई गाली गरेको आरोप


Australian Playerअस्ट्रेलियाका टेनिस खेलाडी बेनार्ड टोमिकले १० हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ । १७ औं वरियता प्राप्त खेलाडी टोमिकले हाल न्युयोर्कमा सञ्चालन भइरहेको वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनमा आफ्नो रिसलाई नियन्त्रणमा राख्न नसक्दा दण्ड भोग्नु परेको हो ।

उनी ७२ औं वरियताका डामिर जुम्हुरविरूद्ध खेलिरहेका थिए । यसै क्रममा कोर्टमा खेल हेरिरहेका एक समर्थकमाथि उनी एक्कासी भड्किन पुगेका थिए । उनले पछि आफ्नो व्यवहारप्रति माफी मागे ।

तर, अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) ले उनीमाथि आर्थिक जरिवाना लगाउने निर्णय गरेको हो । यो खेल टोमिकले ४ सेट लामो भिडन्तमा गुमाउन पुगेका थिए । उनको सर्भिसमा हल्ला गरिरहेका एक समर्थकलाई उनले कोर्टभित्रबाटै अभद्र गाली दिए ।

‘म तँलाई शान्त हुन एक सय दिन्छु । त पाखे होस् । तैले जीवनमा केही प्राप्त गर्ने छैनस् । केही गर्न सक्दिनस्,’ कोर्टबाट चिच्याएका टोमिकको स्वर टेलिभिजनबाट प्रस्ट सुनिएको थियो ।

टेनिसमा अपशब्द प्रयोग गर्दा जरिवाना भएको यो नै पहिलो घटना भने होइन । यही वर्ष विम्बल्डनमा टेनिस र्याकेट फ्याकेको आरोपमा बहेथर वाट्सनलाई १२ हजार डलर जरिवाना सुनाइएको थियो । विम्बल्डनमै कुर्सीमा बसेका अम्पायरलाई ‘इडियट’ भनेपछि भिक्टोर ट्रोइकीलाई पनि १० हजार जरिवाना लगाइएको थियो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?