फिलिपिन्सको डावाओमा गराइएको बम आक्रमणमा १४ जनाको मृत्यु
फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट गराइएको हो ।
राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यस वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । त्यसअघि उहाँ २० वर्षसम्म डावाओको मेयर रहनुभएको थियो ।