एपिएफ र न्यू डायमन्ड उपाधिका लागि भिड्ने
सशस्त्र प्रहरीको एपिएफ क्लव र न्यू डायमन्ड एकेडेमी कास्कीको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आइतबार भिड्ने भएका छन् ।
शनिबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई तथा न्यू डायमन्ड एकेडेमीले पश्चिमाञ्चललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । एपिएफले आर्मीलाई २५–११, २५–१७ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो भने न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१५, २५–१५ र २५–१६ अङ्कले हरायो ।
एपिएफलाई फाइनल पु-याउन नेविका चौधरीको सर्वाधिक १३ अङ्कको योगदान रह्यो । यस्तै न्यू डायमन्डका लागि कृपा अधिकारी, प्रतिभा माली र कप्तान ललिता नाथले उत्कृष्ट प्रदर्शन गर्नुभयो । आइतबार नै तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लव र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।
नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको सो भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब तथा न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको नेपाल भलिबल सङ्घका कोषाध्यक्ष सुनकेशरी मालीले बताउनुभयो । रासस