भारतीय नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने दुई जना पक्राउ


crime1भारतीय नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका सोनु भन्ने खुर्सीद अहमदलाई भदौ १२ गते अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर जिल्ला हमादीपुरका २५ वर्षीय शाहाबुद्धिन कुसेरी र नवलपरासीको कावासोती नगरपालिका–११ बस्ने २१ वर्षीय अरुण घले रहेका छन् ।

अहमदलाई बन्धक बनाई पीडितका दाजुसँग १ करोड रुपैयाँ माग गरेको, रकम नदिए तथा प्रहरीमा खबर गरे मारीदिने धम्की दिएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएपछि प्रहरीले लेखनाथ नगरपालिका–८ शिशुवास्थित अशोक अधिकारीको घरमा उनलाई बन्धक बनाएको र घरको पछाडिबाट डोरी लगाई तल झर्दै गरेको अवस्थामा भदौ १३ गते फेला पारी उद्वार गरेको थियो । घटनास्थलबाट प्रहरीले मेड इन यूएसए लेखिएको पेस्तोल १ थान बरामद गरेको छ ।

घटनामा संग्लन अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?