होस्टल सञ्चालक युवकको विभत्स हत्या


Hotelविराटनरमा एक होस्टल सञ्चालकको विभत्स हत्या भएको छ । विराटनगर–१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको हत्या भएको हो । २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ ।

ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले फेला परेको हो । जगदिश यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए । घरपट्टी श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राति यादवको कोठमा ऊसँगै अरु पनि व्यक्ति रहेको देखिन्छ । कोठामा बियरका केही बोतलसमेत भेटिएको छ । प्रहरीले हत्याका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?