श्यामसुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ
व्यवसायीलाई धम्की दिएर रकम असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा नेपाल प्रहरीका एक जना निरीक्षक पक्राउ परेका छन् ।
ललितपुर भैंसेपाटी प्रभागका प्रहरी निरीक्षक अनिल पण्डितलाई प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
प्रहरी निक्षिक पण्डितले सहयोग गरेबापत गुप्तासँग ५० लाख रुपैयाँ मागेको आरोप प्रहरीले जनाएको छ । त्यसबापत ७५ हजार लिइसकेको पनि अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।
करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका प्रहरी निरीक्षक पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पबताइएको छ ।
आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।