क्रेगिबर्न नेपाली कम्युनिटीको अध्यक्षमा प्रेम कँडेल चयन, साधारणसभा सम्पन्न
अष्ट्रेलिया मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित क्रेगीबर्नमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था क्रेगिबर्न नेपाली कम्युनिटीको अध्यक्षमा प्रेम कँडेल चयन भएका छन् । संस्थाको हालै सम्पन्न साधारणसभाले कँडेलसहित पदाधिकारीको टुंगो लगाएको हो । तीन सदस्य पछि मनोनयन गर्नेगरी टुंगो लगाइएको कार्यसमितिमा अध्यक्ष प्रेम कँडेल, उपाध्यक्ष विक्रम भट्टराई, सचिव मनिष तामांग, सहसचिव सोम गैरे, कोषाध्यक्ष उज्वल केसी, सदस्यहरुमा आशिष पाण्डे, मेघनाथ आचार्य, गणेश कँडेल, पार्वती पहारी, सरस्वती उपाध्याय, मनिषा कोइराला, सागर कोइराला रहेका छन् । साधारणसभासहित तीजको दर खाने समेत कार्यक्रम आयोजना गरिएको अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बधाधाई ज्ञापन गर्नुभएको थियो । पहिलो साधारण सभामा संस्थाको प्रगति विवरण, आर्थिक विवरणका साथै भावी योजनाहरुको बारेमा समेत प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । राति १० बजेसम्म चलेको कार्यक्रमको पहिलो सत्रमा साधारणसभा सम्पन्न गरिएको थियो । क्रेगिबर्नमा सय भन्दा बढी नेपाली परिवार स्थायी रुपमा बसोबास गर्दछन् । क्रेगिबर्न नेपाली कम्युनिटीले नेपाली समूदायलाई लक्षित गरी भाषा, संस्कृति र खेलकुदका विभिन्न गतिविधि गर्दै आएको छ ।