रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, एक जनाको मृत्यु
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीएमडब्ल्यू कार दुर्घटना भएको छ ।
मस्कोको व्यस्त सडकमा सो कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको हो । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनाको समय राष्ट्रपति पुटिन भने सो कारमा नरहेको बताइएको छ ।
अधिकारीहरुका अनुसार पुटिनको निकै प्रिय चालकले उक्त कार गुडाएका थिए । उक्त कार रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।
पुटिनको कारसँग ठोक्किएको मर्सिडिज कारका चालक भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रहरीले दुर्घटनाबारे छानविन भइरहेको जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ ।