फ्रान्समा सञ्चालित केबलकारमा ४५ यात्रु फसे
फ्रान्सको अल्पस पहाडमा सञ्चालित केबल कार बिग्रँदा ४५ यात्रु फसेका छन् ।
१२ हजार फिट उचाइमा रहेको केवलकारका तार तेज हावाका कारण आपसमा अल्झिएर बिग्रँदा ती यात्रु फसेका हुन् ।
१ सय १० यात्रु सवार केवल कारमा रहेका ६५ जनालाई भने हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
उद्धारका लागि इटली र स्वीडेनका उद्धार टोली र तीन वटा हेलिकोप्टर परिचालन गरिएको छ । रातको समयमा भएको घटनाका कारण उद्धार कार्यमा कठिनाई भएको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।