उत्तर कोरियाले ग-यो ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प जाने गरी शक्तिशाली आणविक बम परीक्षण


north_koreaउत्तर कोरियाले आणविक बम परीक्षण गर्दा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकाको भौगोलिक सर्भेअन्तर्गतको ग्लोबल भूकम्पीय मापन केन्द्रले शुक्रबार बिहान मापन गरिएको ठूलो कम्पन भूकम्प नभएर आणविक बम परीक्षणपछिको कम्पन भएको पुष्टि गरेको हो । दक्षिण कोरियाको समाचार संस्था योन्हाले उत्तर कोरियाले आणविक बम परीक्षण गरेपछि कम्पन मापन भएको दाबी गरेको छ ।

विविसीले उत्तर कोरीयाले बम परीक्षण गरेको पुष्टि भए पनि त्यो आणविक भए नभएको भने एकीन भइनसकेको बताएको छ ।

संयुक्त राष्ट्र संघले आणविक परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले लगातार जसो विभिन्न बम तथा क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले सन् २००२ अक्टोबर, २००६ अक्टोबर, २००९ मे, २०१३ फ्रबुअरी र २०१५ मे मा ठूला आणविक बमको परीक्षण गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?