उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को निर्णय


security_councilसंयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषद्ले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो । अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

यसैबीच अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कारबाहीको तयारी गरेको बताइएको छ । उत्तर कोरियाले अन्य शक्तिशाली राष्ट्रको वेवास्ता गर्दै यो वर्ष मात्रैे पाँच वटा परमाणु प्रक्षेपण गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?