पारा ओलम्पिकको पदक तालिकामा चीनको अग्रता कायमै
ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।
कुल ५० स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा रहँदा २८ स्वर्ण पदक जितेको बेलायतले दोस्रो स्थानमा पछ्याइरहेको छ ।
तेस्रो स्थानमा रहेको युक्रेनले २२ स्वर्ण पदक जितेको छ । यसैगरी १६ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने आयोजक ब्राजिलले ९ स्वर्ण पदक जितेको छ ।
पारा ओलम्पिकमा हालसम्म ५३ देशले स्वर्ण पदक जित्दा कुल ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।