अष्ट्रेलियामा युवती बलात्कारको अभियोगमा नेपाली युवकलाई ६ वर्षको जेल सजाय


अष्ट्रेलियामा एक नेपाली युवकलाई बलात्कारको अभियोगमा ६ वर्षको जेल सजाय तोकिएको छ । सन् २०१४ को अगष्ट महिनामा फेसबुकमा मात्रै भेटिएकी एक युवतीलाई उनको पिछा गर्दै नाईट क्लब बाहिर रहेको कार पार्कमा आक्रमण गरी बलात्कार गरेको भन्दै २९ वर्षीय अञ्जन श्रेष्ठलाई सजाय दिइएको हो । बेरविक काउन्टी अदालतले बुधबार गरेको सुनवाईमा बलात्कार गरेको ठहर गर्दै यस्तो निर्णय दिएको छ । न्यायाधीशले ज्यानै जानसक्ने खालको घातक आक्रमण गरेको र पीडित अहिले पनि घटनापछिको शोकमा रहेको पनि बताएका थिए । न्यायाधीश जियोफ्री चेट्टलले निर्णय सुनाउँदै श्रेष्ठले अदालतलाई ढाँटेको पनि ठहर गरेका छन् । county-courtयस्तै कारवाहीबाट बच्न उनले घटना लगत्तै आफ्नो फेसबुक प्रोफाईल परिवर्तन गरेको बताइएको छ । फेसबुकमा साथी रहेका र कहिल्यै भेट नभएकी युवतीलाई बलात्कार गर्ने उद्देश्यका साथ नै श्रेष्ठले पिछा गरेको ठहर अदालतको छ । तर, निर्णयका क्रममा भएको सुनवाईमा श्रेष्ठले आफु नाईट क्लबमा गल्र्डफ्रेण्डको चियो गर्न गएको तर, घटनामा पीडित भनिएकी युवतीले नै आफुसँग कुरा गर्न आएको बताएका छन् । उनले घटनाको विवरण दिँदै युवती भुईमा लडिन्, उठाउन खोज्दा उनले चुमिन्, अंगालो मारिन् । त्यसपछि अचानक उनलाई के भयो थाहा भएन उनले तथानाम गाली गर्न थालिन् । तर, श्रेष्ठले अदालतलाई उनी किन त्यो कार पार्कमा पुगेका थिए भन्ने कुराको चित्तबुझ्दो जवाफ दिन नसकेको ठहर गरेको छ । अष्ट्रेलियामा बलात्कारको अभियोगमा २५ वर्षसम्मको जेल सजाय हुनसक्छ । दुई वर्ष जेल बसिसेका हुनाले थप ४ वर्ष जेल सजाय र उनको नाम ८ वर्षसम्मका लागि सेक्स अफेन्डर्स लिष्टमा राख्ने पनि अदालतको आदेश छ ।
#जेने ली, द एज भिक्टोरिया

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?