ताइवानमा शक्तिशाली हावाहुरी
ताइवानमा शक्तिशाली हावाहुरी आएको छ। मेरान्टी नाम गरेको हावाहुरीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।
२ सय ६३ किलोमिटर प्रति घण्टाको वेगमा आएको हुन्डरीका कारण काओसियुङ र हुलियनसमेत दक्षिण–पूर्वी शहरको १ सय ३० घर तहसनहस भएका छन्।
सरकारी निकायले हुन्डरीका कारण १० लाखभन्दा बढी घरको बिजुली छतबिक्षत भएको बताएको छ। ताइवानको केन्द्रीय मौसम विभागले जनाएअनुसार क्याटोगरी–५ को हुन्डरी आएको थियो।
हुन्डरीका कारण ३ सय ७० वटा अान्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिएको थियो। यस्तै, रेल सुविधा पनि बन्द गरिएको थियो। नागरिकहरूको उद्धारका लागि सरकारले ४ हजार सेना र पुलिस खटाएको छ।