फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेमाथि हत्याको आरोप !


philippinesफिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ ।

इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्यान्ड’ सदस्यले उक्त आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धी सिनेट छानबिनका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । डुतेर्तेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अ¥हाएको माटोबाटोले बताए ।

तर डुतेर्तेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुतेर्तेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए । डाभोओ डेभ स्क्यायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ । ५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?