युरोपको एकता कायम राख्न युरोपेली नेताहरु सहमत


europienयुरोपको एकता कायम राख्न यूरोपेली नेताहरु सहमत भएका छन् ।

यूरोपका लागि कठीन समय रहेको भन्दै यूरोपेली नेताहरुले एकीकृत रहँदा मात्र बलियो हुनसक्ने बताएका हुन् । जर्मन चान्सलर एञ्जेला मर्केल र फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले सबै यूरोपेली नेताहरुलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका हुन् ।

यूरोपेली युनियनबाट बेलायतको बहिर्गमनपछिको अवस्थाबारे छलफल गर्न स्लोभाकियामा भएको यूरोपेली नेताहरुको छलफलमा यूरोप संकटमा फसेको भए पनि सबै मिलेर चुनौति चिर्न सकिने जनाइएको हो ।

बेलायत बिना बसेको सम्मेलनपछि संयुक्त पत्रकार सम्मेलन गर्दै जर्मन चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति ओलान्दले एकता प्रर्दशनमा जोड दिनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?