नाईफाको साधारणसभा सम्पन्न, अध्यक्षमा सागर अधिकारी चयन
नेप्लीज युथ फोरम अष्ट्रेलियाले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ । हालै सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्दै आगामी दिनका लागि योजना पनि निर्माण गरेको संस्थाले जनाएको छ । युथ फोरम अष्ट्रेलियाको नवनिर्वाचित अध्यक्षमा सागर अधिकारी चुनिएका छन् । यसैगरी उपाध्यक्षमा मुक्तिराम पोखरेल, अरुण गौतम, सचिवमा दामोदर रावल, कोषाध्यक्षस् अर्जुन अखेली क्षेत्री चुनिएका छन् । अष्ट्रेलियामा रहेको नेपाली समूदायलाई एकताबद्ध बनाउँदै युवाहरुलाई विभिन्न सामाजिक, सामूदायिक कार्यहरुमाअ ग्रसर गर्ने उद्देयले संस्थाको स्थापना भएको हो ।
संस्थाले खेलकुद, गीत संगीत र अन्य विविध गतिविधिको माध्यमबाट युवाहरुलाई प्रोत्साहन गर्ने काम गर्ने संस्थाका नवनिर्वाचित महासचिव अरुण गौतमले जानकारी दिएका छन् । साधारणसभाबाट ५ सदस्य पछि थप हुने गरी चयन गरिएको कार्यसमितिका सदस्यहरुमा दिवाकर काफ्ले, महेश्वर शर्मा, समिर आचार्य, सुबास लामिछाने, प्रवेश अधिकारी, (झलक गुरुँग, श्रृजना खड्का, नम्रता शर्मा, निर्मल ढुँगेल, युवराज अधिकारी, ललित रोका रहेका छन् । संस्थाको सल्लाहकारहरुमा श्री नापित, बद्री अर्याल, भीमसेन सापकोटा, दीपक भट्टराई हुनुहुन्छ ।