संयुक्त राष्ट्र संघका महासचिवले गरे कस्मिरमा भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले भारत प्रशासित कश्मिरमा भएको आतंकबादी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
मुनले एक बक्तब्य जारी गर्दै घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । बक्तब्यमा घटनामा संलग्न जो कोहीको पहिचान गरी कडाभन्दा कडा सजायँ दिन माग गरिएको छ । भारत प्रशासित कश्मिरमा आइतबार भएको आतंकवादी हमलामा १७ सैनिक मारिएका थिए भने २० जना घाइते भएका थिए ।
घटनामा पाकिस्तानी बिद्राही समूहको हात रहेको बताइएको छ । यता पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले भने कश्मिर स्वतन्त्रताका लागि कश्मिरका जवानहरुले ज्यानको आहुती दिएको स्मरण गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शरीफले कश्मिरमा मानवअधिकार उल्लंघन भइरहेको भन्दै यसलाई कुनै पनि हालतमा रोक्नुपर्ने बताउनुभयो । कश्मिरमा बिद्रोही समूह हिजबुला मुजाहिदिनका कमाण्डर बुरहान बानी मारिएपछी सुरक्षाकर्मी र बिद्रोहीबीच झडप हुँदै आएको छ ।