स्कुलमा बम राख्ने को हुन् ? हेर्नुस् तस्बिर सहित


bomb-rakhne-haruकाठमाडौं र ललितपुरका विभिन्न स्कुलमा बम राखेर त्रसित वातावरण सिर्जना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी कार्यालयले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर माओवादी कम्युनिस्ट केन्द्र नेपालको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिस्ट फोर्सका कार्यकर्ता रामेछाप दिमिपोखरी–६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार–६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले उनीहरु संलग्न दल माओवादी कम्युनिस्ट केन्द्र शान्ति प्रक्रिया पूर्व २०६२ सालमा हतियार लिएर भागेको लडाकुहरुले गठन गरिएको संस्था भएको बताउनुभयो ।

उनीहरुले २०६२ सालदेखि २०६९ सालसम्म राजनीतिक दलको आवरणमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?