आप्रवासीको डुङ्गा पल्टिदाँ तीसको मृत्यु
इजिप्टको उत्तरी तटीय क्ष्ोत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ ।
अझै पनि उद्धारको प्रयास जारी रहेको मेना समाचार समितिले बुधबार जानकारी दिएको छ ।
इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
इजिप्टको सेख प्रान्तको कफ्रएल गाउँबाट इटालीतर्फ गैरकानुनी प्रवेशआज्ञा लिई बसाईसराईका लागि गइरहेका ती आप्रवासीको डुङ्गा दुर्घटना भएको थियो ।
सीमा सुरक्षा गार्डहरूले यस दुर्घटनामा परेका करिब १ सय व्यक्तिलाई उद्धार गरेका छन् ।
ती सीमा सुरक्षा गार्डहरूले तीस व्यक्तिको शवलाई निकालेको बताइएको छ ।
उद्धार गरी निकालिएका केही व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको छ । रासस/सिन्ह्वा