विद्यालयमा बम राख्ने र विस्फोट गराएको आरोपमा पक्राउ परेकाहरुलाई के कारबाही हुन्छ ?


bomb-rakhne-haruकाठमाडौं र ललितपुरका ९ वटा विद्यालयमा विस्फोटक पदार्थ राखेको र विस्फोट गराएको आरोपमा पक्राउ परेका दुईजना बिरुद्ध प्रहरीले बिस्फोटक तथा संगठित अपराधअन्तर्गत कारवाही अघि बढाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ गरेका शंकर लाखे र चन्द्रबहादुर तामाङलाई विस्फोटक तथा संगठित अपराधअन्तर्गत कारवाही गर्न पाँच दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको छ ।

प्रहरीले राजनीतिक आवरणमा संगठित रुपमा आपराधीक क्रियाकलापमा सक्रिय समूहले काठमाडौं र ललितपुरका बिद्यालयमा शंकास्पद वस्तु राखेको र बम बिस्फोट गराएको दाबी गरेको छ ।

विस्फोटका मुख्य योजनाकार फरार

मंगलबार भएको विस्फोटको घटनाका मुख्य योजनाकार मानिएका मीन देवकोटा र सुमन श्रेष्ठ फरार छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक देवकोटा र योङ कम्युनिष्ट फोर्स नेपालका संयोजक श्रेष्ठ फरार भएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?