अमेरिकी सैनिक क्याम्पमा आइएसको रासायनिक आक्रमण !
इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ ।
इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो । क्याम्पमा रहेका सैनिकहरु भने सुरक्षित छन् ।
सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् । इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो ।