विमानस्थलबाट चरेशसहित एक इरानी पक्राउ


airportकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध चरेश सहित प्रहरीले एक जना इरानी नागरिकलाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोले १ किलो ७ सय ग्राम चरेससहित इरानी नागरिक वाहिद निकजामिरलाई पक्राउ गरेको हो ।

नियमित चेक जाँचका क्रममा वाहिदसँग रहेको सुटकेसको फल्स बटममा चरेश फेला परेको हो ।

उनी आफैं लागु औषधको अम्मली भएको र बाग्लुङमा गई आफैंले गाँजा संकलन गरी चरेस बनाएको खुलेको पनि प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?