मेलबर्नमा ईन्दिरा जोशीका साथ प्रधानमन्त्री प्रचण्डको अवतारमा मनोज गजुरेल निस्किएपछि…


तपाईं कार्यक्रम हेरिरहनुभएको छ अष्ट्रेलियामा । अचानक गीत बज्न थाल्छ नीर जहिले रिसाउने, निर जहिले रिसाउने… तपाईं यता उता हेर्नुहुन्छ स्टेजमा कोही छैन । तर, अचानक नेपालका प्रधानमन्त्री प्रचण्डजस्तै देखिने व्यक्ति ढोकाबाट भित्र छिर्छ र सबैलाई नमस्ते गर्दै अघि बढ्छ । यति मात्र होइन उसको साथमा सेक्युरिटी गार्ड पनि छ सेनाको ड्रेसमा । dashain_मेलबर्नमा प्रधानमन्त्री प्रचण्ड रु त्यो पनि सिधै भारतबाट अष्ट्रेलिया रु यस्तै प्रश्न उठ्न पाउँदा नपाउँदै तपाईंले जवाफ पाइसक्नु हुन्छ मनोज गजुरेलको नयाँ अवतार पो रहेछ । आइतबार मेलबर्नको ईस्टोनियन हाउसमा आयोजना गरिएको दशैं साँझ २०७३ मा नेपालको हाँस्यव्यंग्य क्षेत्रका अब्बल अभिनेता (मनोज गजुरेलकै भाषामा अभियन्ता) मनोज गजुरेलले प्रचण्डकै गेटअपमा अहिलेको समसामयिक विषयवस्तुबारे आफ्नो सावल जवाफ प्रस्तुत गरिरहँदा दर्शकहरुको मुहारमा अर्कैखाले उत्साह देखिन्थ्यो । मेलनर्बका बासिन्दा कमल लामिछाने भन्छन्, “हो ठ्याक्कै उस्तै क्यारिकेचर मात्र होइन अहिलेको परिस्थितिलाई कति चोटिलो प्रहार ?” उनी दंग देखिन्थे । मेलबर्न आइपुगेको मौकामा क्यानबेरास्थित नेपाली दूतावासका सहचारी डिल्लीराम शर्मा पनि परिवारसहित नै हलको पहिलो लहरमा थिए । यस्तै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन परिवारसहितै हाँस्यव्यंग्यको रमाइलो लिँदै थिए । यस्तै अन्य गण्यमान्य व्यक्तित्व पनि दशैंलाई स्वागत गर्ने यो कार्यक्रममा सहभागी भएका थिए । सबैजना गजुरेलको कहिले रियल र कहिले गजुरियल हाँस्यव्यंग्यमा रमाइरहेका थिए । यति मात्र होइन, दोश्रो पटक स्टेजमा चढेका उनले फेसबुकको भाषादेखि अहिलेको पारिवारिक परिवेशसम्मलाई व्यंग्य कस्न भ्याए । मेलबर्नमा नमस्ते ईभेन्टसको आयोजनामा सम्पन्न भएको दशैं साँझ २०७३ को दृश्य थियो यो । यति मात्र होइन स्टेजमा केही राष्ट्रिय भावनाका गीतसहित उपस्थित भएकी गायिका ईन्दिरा जोशीलाई दोश्रो पटकको उनको हट र हिट नम्बरहरुमा साथ दिनलाई आधाभन्दा बढी हल नै स्टेज नजिकै पुगेर नाच्न थालिसकेको थियो । यसरी मेलबर्नमा दशैंको झल्को दिने, शुभकामना आदानप्रदान गर्ने क्रमको सुरुवात घटस्थापना अघिबाटै सुरु भइसकेको छ । dashain_-7कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग पुर्याउने प्रायोजक, संघ संस्था र व्यक्तित्वहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । नमस्ते ईभेन्टसका विनोद मिश्र कार्यक्रम सफल भएकोमा दंग देखिन्थे । उनले भने, “साँझ ६ बजेबाट कार्यक्रम हुने भनिएपनि ६ बजेसम्म थोरै मात्र दर्शक देख्दा कता कता आत्तिएको जस्तो भएको थिएँ । तर, सात बज्दा नबज्दै पूरै हल भरिएर हलको बाल्कोनीमा पनि दर्शकहरुलाई देख्न पाउँदा निकै खुशी लागेको छ । टिम स्पीरिटका साथ नेपाली समूदायको सन्निध्यमा रहेर काम गर्दा सफल कार्यक्रम दिन सकियो जस्तो लागेको छ ।” मनोज गजुरेल र ईन्दिरा जोशीले अब ब्रिसबेनमा ३० तारिख र सिड्नीमा अक्टोबर २ तारिखका दिन दशैं साँझ २०७३ मार्फत मनोरञ्जनको नयाँ खुराक प्रस्तुत गर्नेछन् ।

dashain_-6 dashain_-5

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?