पाकिस्तानमा हिन्दू विवाहलाई वैधानिकता
पाकिस्तानमा हिन्दु विवाहले वैधानिकता पाएको छ ।
तल्लो सदन हाउस अफ नेसनल एसेम्ब्लीले हिन्दु विवाहसम्बन्धी विधेयक पारित गरेसँगै पाकिस्तानमा हिन्दु विवाहले मान्यता पाएको हो ।
पाकिस्तानको तल्लो सदनमा यो विधेयकमाथि भएको बहस सकिएसँगै सर्वसम्मतिले पारित भएको हो ।
विधेयकमा विवाह गर्ने जोडीको उमेर १८ वर्ष माथि हुनुपर्ने उल्लेख छ भने हिन्दु विधवाले पतिको मृत्यु भएको छ महिनापछि दोस्रो विवाह गर्न पाउने अधिकार पनि दिएको छ । विधेयक पारित भएसँगै पाकिस्तानका हिन्दु महिलाले सुरक्षित महसुस गरेका छन् ।