बहस सञ्चालकले आफूमाथि पक्षपातपूर्ण व्यवहार गरेको डोनाल्ड ट्रम्पको आरोप


Donald Trumpअमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय बहसका सञ्चालक वरिष्ठ पत्रकार लेस्टर होल्टले पक्षपात गरेको आरोप लगाउनुभएको छ ।

ट्रम्पले आफ्ना विपक्षी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई भन्दा आफूलाई कडा र धेरै प्रश्न सोधेर कार्यक्रम सञ्चालकले पक्षपात गरेको आरोप लगाउनुभएको हो । उहाँले आफ्नो माइक्रोफोनको आवाज सामान्य नभई तीखो बनाएको आरोप पनि होल्टमाथि लगाउनुभएको छ । जसका कारण श्रोता र दर्शक सामू आफ्नो आवाज तीखो भएको गुनासो ट्रम्पको छ ।

ट्रम्पले अमेरिकी समाचार कार्यक्रम फोक्स एन्ड फ्रेन्ड्समा क्लिन्टनको इमेल प्रकरण र उहाँका स्क्यान्डलबारेमा केही पनि नसोधिएको भन्दै यसबारे आफू आश्चर्यमा परेको बताउनुभयो ।

कार्यक्रम लगत्तै भने ट्रम्पले पत्रकारहरुसँग कार्यक्रम सञ्चालकले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । तर दोस्रो दिन नै उहाँले पक्षपात गरेको आरोप लगाउनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?