इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजको निधन


simosइजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजका ९३ वर्षको उमेरमा निधन भएको छ ।

दुई साता अघि हृदयाघात भएर अस्पतालमा भर्ना गरिएका पेरेजको उपचारका क्रममा निधन भएको हो ।

इजरायल र प्यालेस्टाइनबीच भएको ओस्लो सन्धिमा सिमोनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ । यो सन्धिपछि सन् १९९४ मा उहाँलाई नोबल पुरस्कार दिइएको थियो ।

सन् १९४८ मा इजरायलको स्थापना हुँदादेखि सक्रिय उहाँ दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति बन्नुभएको थियो । पोल्यान्डमा जन्मिएका सिमोस सन् १९३४ देखि प्यालेस्टाइनमा गएर बसोबास गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?