आफ्नै बाबुको हत्या गरी प्राथमिक विद्यालयमा पुगेर गोली प्रहार


americaअमेरिकाको साउथ क्यारोलाइना राज्यका एक युवकले आफ्नै बाबुको हत्या गरेपछि नजिकै रहेको प्राथमिक विद्यालयमा पुगेर गोली चलाएका छन् ।

ती युवकले ४७ वर्षे बाबु जेफ्रि अस्वर्नको गोली हानी हत्या गरेपछि नजिकैको एक प्राथमिक विद्यालयमा पुगेर गोली प्रहार गर्दा दुई बालक र एक शिक्षक घाइते भएका छन् ।

घटनामा संलग्न रहेका युवकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । २८६ जना बालबालिका अध्ययन गर्ने टाउन वेल प्राथमिक विद्यालयमा दिउँसोको समयमा गोली प्रहार भएको थियो ।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुलाई हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?