१ करोड ३२ लाखसहित पाँच जना हुन्डी कारोबारी पक्राउ


hundi_karobariपर्साको वीरगन्जबाट प्रहरीले हुन्डीकारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ठूलो परिमाणमा अवैध रुपैयाँसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा छापामारी ठूलो परिमाणमा अवैध रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

घरबाट अबैध हुन्डी कारोवार गरेको आरोपमा छापामारी १ करोड ३२ लाख बराबरको चेक र नगदसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जैनको घरबाट हुन्डीमार्फत् मुद्राको अवैध ओसारपसार हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा हुन्डीका लागि जम्मा गरिएको करिब ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख बाराबरको चेकसहित कारोवारसँग जोडिएका अरु कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।

सञ्चालक सन्तोषकुमार जैन र उनका श्रीमती उषा गोयन्का, अंकुर जैन, उनको फर्ममा काम गर्ने कर्मचारी सुनिल कुमार पटेल, जीवन ठाकुरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?