पाथीभरा श्रद्धाश्रमको सहयोगका लागि मेलबर्नमा उठ्यो ३६ हजार डलर, महावाणिज्यदूत चन्द्र योन्जनको १० लाख


विराटनगरमा एनआरएन अष्ट्रेलियाले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमका लागि मेलबर्नमा फन्डरेजिंग डिनर सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको साँझबाट ३६ हजार डलरको प्रतिबद्धता आएको एनआरएन भिक्टोरियाले जनाएको छ । pathiशनिबार स्थानीय थनबरीस्थित ह्वाईट रोज फंक्सन सेन्टरमा आयोजना गरिएको परोपकारी डिनर कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले आफ्नो सहयोग १० लाख बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि उहाँले ३ लाख सहयोग गरिसक्नुभएको थियो । pathi4image7यसैगरी कार्यक्रमअघि नै पाथीभरा श्रद्धाश्रमका लागि सहयोग गर्ने घोषणा गर्नुभएका बम योञ्जन र डम्बरी योञ्जनबाट १ लाख ६५ हजार, जोग लिम्बु र निला लिम्बुले एक लाख ५० हजार, डा. चन्द्रदिपक पोखरेल र निर्मला पोखरेलबाट एक लाख ५० हजार, महेन्द्र कार्की र कमला कार्कीबाट एक लाख, दुर्गा आचार्य र भेष पौडेलबाट  एक लाख, हेम तामांगबाट एक लाख, सचिन योञ्जनबाट एक लाख, नेत्र पौडेल र माया तिम्सिनाबाट एक लाख, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेबाट एक लाख, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने र अनिता ओलीबाट एक लाख, ज्ञानेन्द्र बस्नेतबाट एक लाख सहयोगसहित उपस्थित अधिकांशले सहयोग गरेका थिए । सबैको सहयोगबाट ३६ हजार डलर संकलन गर्न सफल भएको कार्यक्रमका संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभयो । एक लाख सहयोग गर्नेहरुमा ११ वर्षीय अवि कार्की पनि थिए । image-8जब उनलाई कार्यक्रम सञ्चालक दिक्पालदेव पंगेनीले किन यो सहयोग गरिरहेको थाहा छ ? भन्ने प्रश्न गरे तब उनको जवाफले उपस्थित धेरै प्रभावित भएका थिए । अविले भने, म मेरो हजुरबुबा हजुरआमा जस्तै उमेरमा सहयोग नपाएकाहरुलाई नेपालमा केही गर्न चाहन्छु । यसअघि स्टेजमा पुग्नुभएका नेपाली काँग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरेले एनआरएनले नेपालका लागि गरिरहेको सहयोग अतुलनीय भएको
बताउनुभयो ।  image1

आफ्ना लागि सोच्दा सोच्दै देशमा रहेकाहरुका लागि पनि सोच्ने काम सराहनीय रहेको उहाँको धारणा थियो । यसैगरी अर्का वक्ता नवराज गुरुंगले धर्मशास्त्रमा पनि दिनेको हात माथि र लिनेको हात सधैं तल हुने भन्दै दिएर कोही पनि गरिब नहुने तर्क गर्नुभएको थियो । नेपालमा पुगेर विराटनगरमा बनिरहेको पाथीभरा श्रद्धाश्रमको भवन हेर्न जाने रहर आफुलाई रहेको गुरुंगको भनाई थियो । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले नेपाली पाथभिरा श्रद्धाश्रमका लागि यसअघि पनि सहयोग भिक्टोरियावासी यो परियोजना छिटोभन्दा छिटो निर्माण सम्पन्न भएको हेर्न आतुर रहेको बताउनुभयो । एनआरएनको परोपकारी परियोजना सञ्चालन समितिका संयोजक रमेश पाण्डेले पाथीभरा श्रद्धाश्रमको अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । image4उहाँले विभिन्न कारणले दुःखमा परेका जेष्ठ नागरिकहरुलाई सहimage2योग गर्ने अवसरमा हातेमालो गर्न आह्वान गर्नुभयो । image6कार्यक्रममा नेपाली काँग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरे, नेता नवराज गुरुंग, एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौला, पाथीभरा श्रद्धाश्रमको फन्डरेजिंग कमिटीका सदस्य राजन सिटौलाले विदेशमा रहेर पनि स्वदेशमा यस किसिमको सहयोग गर्ने अभियान सञ्चालन गरेकोमा एनआरएन धन्यवादको पात्र रहेको धारणा राख्नुभयो । एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले यसै वर्षभित्र पाथीभरा परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरिएको फन्डरेजिंग डिनरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा कलाकारहरु सनम पोखरेल र विपा पोखरेल, गायक अशोक खतिवडाले विभिन्न प्रस्तुति दिएका थिए ।१० लाख सहयोग गर्ने व्यक्तिले ईच्छाएको व्यक्तिका नाममा श्रद्धाश्रममा एउटा कोठाको नामाकरण गर्ने योजना छ । यसअघि सिड्नीमा १ करोड २५ लाख रुपैयाँ सहयोग जुटेको थियो ।
Expert

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?