भारतमा आतंकवादी आक्रमण, एक सैनिकको मृत्यु
भारत प्रशासित कास्मिरस्थित भारतीय सैनिक क्याम्पमा भएको आतंकवादी आक्रमणमा एक सैनिकको मृत्यु भएको छ ।
आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बल (बिएसएभ)का एक सैनिक अधिकृत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रहरीका सिनियर सुपरीटेन्डेन्ट इम्तियाज अहमदका अनुसार अन्य घाइते तीन सैनिकमध्ये एक जनाको पनि मृत्यु भएको छ । उनका अनुसार आतंकवादीले ग्रिनेट र स्वचालित हतियार फालेका थिए । जसका कारण क्याम्पमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ ।
आक्रमण गरिएको क्षेत्र कास्मिरस्थित बारामुल्ला सहरबाट ५४ किलोमिटर टाढा पर्छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा आतंकवादी हमला भएको जनाएको छ ।
कास्मिरको भू–भागमा आ–आफ्नो दाबीलाई लिएर भारत पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । गत सेप्टेम्बर १८ मा १९ जना भारतीय सैनिक आतंकवादीद्वारा मारिएका थिए । भारतले पाकिस्तानी आतंकवादीले आक्रमण गरेको दाबी गरिरहेको छ ।