फिफाबाट ११ देशका फुटबल संघलाई जरिवानासहितको कारबाही
विश्व फुटबल महासंघ फिफाले ११ देशका फुटबल संघलाई जरीवानासहितको कारवाही गरेको छ ।
सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको छनोट खेलका क्रममा सकर्थकको उच्छृङ्खल क्रियाकलाप एवं भेदभावपूर्ण व्यवहारका कारण यी देश कारवाहीमा परेका हुन् । कारबाहीमा पर्ने देशहरुमा ब्राजिल र अर्जेन्टिना पनि छन् ।
दक्षिण अमेरिकी महादेशकै पाराग्वे, चिली र पेरु पनि कारबाहीमा परेका छन् । यसैगरी युरोपबाट ईटाली र अल्बानिया कारवाहीमा पर्दा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु होण्डुरस, एल साल्भाडोर, मेक्सिको र क्यानडा पनि कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेहरुमध्ये १० राष्ट्रलाई आर्थिक जरिवाना गराइएको छ भने चिलीले आफ्नो देशमा भेनेजुएला विरुद्ध हुने विश्वकप छनोट खेल बन्द रंगशालामा कुनै समर्थक बिना नै खेल्नुपर्ने भएको छ ।