कक्षाकोठा बनाउने अभियानमा आयोजित मनोज र ईन्दिराको दशैं साँझ सिड्नीमा भव्यतापूर्वक सकियो
सात सय दर्शकहरुको माझ ब्रिज द ग्यापले सिड्नीमा आयोजना गरेको दशैं साँझ सम्पन्न भएको छ । विजया दशमी २०७३ लाई अझ विशेष बनाउन मेलबर्न, ब्रिसबेन र सिड्नीमा दशैं साँझ २०७३ लिएर आएका मनोज गजुरेलको मोदीलाई भेटेर आएका प्रचण्डको नयाँ अवतारलाई सिड्नीवासीले पनि उत्तिकै चासोपूर्वक हेरे । कुम हल्लाउँदै निर जैले रिसाउने बोलको गीतमा हलमा उनी प्रवेश गर्दा स्वयं प्रधानमन्त्री प्रचण्ड नै आएका हुन् कि भन्ने भान त्यहाँ परेको थियो । सबैजना कुर्सीबाट उठेर पछाडि हेर्न बाध्य भए । यति मात्र होइन, पत्रकार बनेकी ब्रिज द ग्यापकी दिपु दाहालको प्रश्नमा उनले दिएका जवाफले सबैको ओठमा मुस्कान ल्याइदिएको थियो । वास्तवमा यो कार्यक्रम नै मुस्कानको लागि थियो । ब्रिज द ग्यापले लमजुंगको श्री शारदा माध्यमिक विद्यालयको गत वर्ष भूकम्पल क्षति पुर्याएको ४ वटा कोठा र अन्य थप नयाँ ४ कोठा गरी ८ कोठा निर्माण गर्ने र दुई शौचालय पनि बनाइदिएर त्यहाँका विद्यार्थीहरुको ओठमा हाँसो ल्याउनकै लागि आयोजना गरिएको थियो । यस किसिमको पवित्र सहयोगी भावनाको कार्यक्रममा सहभागी हुन पाउनु खुशीको कुरा भएको मनोज गजुरेलले बताएका छन् । मनोज गजुरेलको हाँस्यरससँगै तालमा ताल मिलाउन सिड्नीका चर्चित हाँस्य कलाकार भुपेन्द्र चुडाल पनि थपिएका थिए । मनोज गजुरेलले नेता हरुलाई उत्तर र दक्षिन् कुनै देशतिर पनि नफर्कन आफ्नो प्रस्तुति मार्फत खबरदारी गरेका थिए । सिड्नीवासी नेपालीहरुले मनोजको यो सन्देशलाई निकै मन पराएका िथए । इन्दिरा जोशीका गीतमामा हालमा उपस्थित सबै नाचेका थिए । नेपालि समुदाय संगै दसैको रमाइलो मनाउन उपस्थित भएका गैरनेपाली दर्शकहरुपनि संसंगे नाचेका थिए । कार्यक्रम मा अस्ट्रेलिया मै बसोबास गर्ने स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए । यसलगत्तै कार्यक्रमका लागि सहयोग गर्ने संघ संस्था र कलाकारहरुबीच मिट एण्ड ग्रिटको आयोजना गरिएको थियो । कार्यक्रम सम्पन्न गरेर हाँस्य कलाकार मनोज गजुरेल आफ्नै परिवारसँग दशैं मनाउन नेपाल फर्किसकेका छन् भने गायिका ईन्दिरा जोशी आफ्नो यहाँ रहेको परिवारसँग दशैं मनाउनका लागि मेलबर्न जाने कार्यक्रम रहेको बताइएको छ । बिदाइ कार्यक्रम मा ब्रिज द ग्यापका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसैगरी ब्रिज द ग्यापक अध्यक्ष शिव श्रेष्ठले स्वयंसेवकहरु, प्रायोजक, सञ्चारसंस्थाहरुको सहकार्य र साथले सोेभन्दा बढी सफलता मिलेको बताएका छन् ।