महिलामाथि गरेको अश्लिल टिप्पणीप्रति मागे डोनाल्ड ट्रम्पले माफी !


donald-trumpअमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाका बारेमा आफूले गरेको अश्लिल टिप्पणीप्रति माफि माग्नुभएको छ ।

केही दिनअघि सार्वजनिक भएको एक भिडियोमा ट्रम्पले महिलालाई अपमान गरेको दृश्य सार्वजनिक भएको थियो ।

सन् २००५ को भिडियोमा ट्रम्पले स्टार व्यक्ति भएमा महिलासँग जे पनि गर्न सक्ने बताउनुभएको थियो । महिलाको अपमान गरेको यस्तै अर्को भिडियो पनि सार्वजनिक भएको छ । यसले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार ट्रम्पलाई समस्यामा पारेको छ ।

महिलाप्रतिको ट्रम्पको विचारको सर्वत्र आलोचना भएको छ । रिपब्लिकन पार्टीभित्र पनि उहाँको विरोध भइरहेको छ । ट्रम्पले माफि मागे पनि उहाँको चुनावी अभियानमा भने असर परेको विश्लेषकले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?