भारत प्रशासित कस्मिरमा फेरि लाग्यो कफ्र्यु
भारत प्रशासित कश्मिरमा प्रहरीको गोली लागी एक नाबालकको ज्यान गएपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रण गर्न राजधानी श्रीनगरमा कफ्र्य आदेश जारी गरिएको छ ।
कफर््युका कारण श्रीनगरको कलेज, ब्यापारिक प्रतिष्ठान, पेट्रोल पम्पलगाएत कुनै पनि पसल नखुल्दा जनजीवन अस्तब्यस्त बनेको छ ।
गत तीन महिनाअघि प्रहरीको कारबाहीमा संदिग्ध चरमपन्थी मारिएपछी लगातार हुन थालेको प्रदर्शनले चर्को रुप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप हुँदै आएको छ ।
प्रदर्शनकै क्रममा हाल सम्म ८४ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकै क्रममा पक्राउ परेका ३ सयभन्दा बढीलाई हिरासतमा राखिएको छ ।