न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतको २ सय ५८ रनको अग्रता


india_newziland_cricketन्यूजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटको पहिलो इनिङमा भारतले २ सय ५८ रनको अग्रता लिएको छ ।

इन्डोरमा जारी खेलमा विराट कोहलीको २११ तथा अजिन्क्या रहानेको १८८ रनको मद्दतले ५ विकेटको क्षतिमा ५ सय ५७ रन बनाएर इनिङ समाप्ति गरेको भारतले न्यूजिल्याण्डलाई भने २९९ रनमै रोकेको थियो ।

मार्टिन गुप्टिल, जेम्स निशम र टम लाथमले अर्धसतक जोडेको इनिङलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ६ विकेट लिए । त्यसैगरी रविन्द्र जडेजाले २ विकेट झारे ।

जवाफमा भारतले दोस्रो इनिङमा तेस्रो दिनको समाप्तिसम्म बिना कुनै विकेटको क्षतिमा १८ रन जोडेको छ । भारतले २७६ रनको अग्रता लिइसकेको छ । यसअघिका दुवै खेल भारतले जितेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?