यमनमा साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणको विरोधमा व्यापक प्रदर्शन


yemanयमनमा साउदी अरबको गठबन्धन सेनाले गरेको हवाई आक्रमणको विरोधमा ब्यापक प्रदर्शन भएको छ ।

राजधानी सनामा भेला भएका हजारौं यमनी नागरिकले संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि धर्ना दिएका हुन् । बिदेशी सेनाका कारण अनाहकमा सर्वसाधारण मारिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

साउदी अरबको सीमा क्षेत्रमा तैनाथ सैनिकविरुद्ध आक्रमण गर्न यमनका पूर्व राष्ट्रपती अली अब्दुल्लाहले उक्साइरहेको बताइएको छ ।

हवाई आक्रमणमा सर्वसाधारण मारिएको राष्ट्रसंघका महासचिव बान कि मुनले पनि खेद ब्यक्त गर्दै घटनामा जिम्मेवार जो कोहीलाई न्यायको कठघरामा उभ्याउनुपर्ने प्रतिक्रिया दिनुभएको छ ।

साउदी अरबको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ४० जना मारिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?