थाइल्यान्डका नरेश भूमिबोल अब्दुल्लाहादेजको स्वास्थ्य अवस्था अस्थिर


thai_kingलामो समयदेखि अस्वस्थ रहेका थाइल्यान्डका नरेश भूमिबोल अब्दुल्लाहादेजको स्वास्थ्य अवस्था अहिले अस्थिर रहेको अधिकारीहरुले जनाएका छन् ।

उहाँको रक्तचाप झरेको र किड्नीमा देखिएको खराबी सम्बन्धी उपचारको तयारी भइरहेको चिकित्सकहरुले जनाएका छन् । उहाँ श्वास प्रश्वाससम्बन्धी समस्याबाट समेत पीडित हुनुहुन्छ ।

उपचारमा संलग्न चिकित्सकहरुले भने भेन्टिलेटरमा राखिएका नरेशलाई औपचारिक रुपमा आफ्नो जिम्मेवारी अन्त्य गर्न आग्रह गर्ने बताएका छन् ।

८८ वर्षिय नरेश अब्दुल्लाहादेजले गत वर्ष धेरै जसो समय अस्पतालमा बिताउनुभएको थियो भने सार्वजनिक रुपमा कमै देखिनु भएको छ । सन् १९४६ देखी उहाँ थाई नरेश हुनुहन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?