महिला विश्वकपको छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित, अघिल्लो चरणमा पुग्न नेपाललाई बाँकी सबै खेल जित्दै पर्ने दबाब


mahila-cricketमहिला विश्वकपको छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

हङकङमा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल थाइल्यान्डबाट ३ विकेटले पराजित भएको हो ।

निर्मला शाहीको अर्को उत्कृष्ट इनिङका कारण नेपालले पुरै २० ओभर खेल्ने क्रममा ८ विकेटको क्षतिमा ७६ रन बनाएको थियो।  तर, खेल सकिन आठ बल बाँकी रहँदा थाइल्यान्डले सात विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो ।

नेपाली बलरहरूले सुरुमा थाइ ब्याट्सवुमनलाई दबाबमा राखेका थिए । २२ रनको स्थितिमा ५ विकेट गुमाइसकेको थाइल्यान्डले त्यसपछि खेललाई आफ्नो पक्षमा ल्याएको थियो । थाइल्यान्डको जितमा आठौं विकेटका लागि अविजित २६ रनको साझेदारी भएपछि नेपाल पराजित भयो । थाइल्यान्डले नाजुक अवस्थामा पनि छैठौं विकेटका लागि २० रनको साझेदारी गरेको थियो

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालका लागि निर्मला शाहीले उत्कृष्ट ब्याटिङ गर्दै ४ चौकाको सहयोगले ३६ रन बनाइन् । उनले तीन विकेट पनि लिएकी थिइन् । नेपालको इनिङमा उनीबाहेक कसैले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ सरिता मगरले २ र कप्तान रुबिना क्षेत्रीले १ विकेट लिएकी थिइन् ।

थाइल्यान्डलाई जित दिलाउन पुछारमा अविजित २३ रन बनाएकी चानिदा सुथिरुङलाई ‘म्यान अफ दि म्याच’ घोषित भइन् ।

प्रतियोगिताअन्तर्गत नेपालमा मंगलबार तेस्रो खेलमा चीनको सामना गर्दैछ । अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी सबै खेल जित्नैपर्ने दबाब छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?