नेपालको झण्डा फहराउँदै जब पानी जहाजमा दशैं मनाउन निस्के मेलबर्नवासी नेपाली (भिडियोसहित)


गएको आईतबार विशेष थियो अष्ट्रेलियाको मेलबर्नवासी नेपालीहरुको लागि । पानी जहाजमा भेला भएर कुनै चाड पर्व या अवसरमा रमाइलो गर्ने चलन नौलो होइन अष्ट्रेलियामा । सिड्नी, ब्रिसबेन, मेलबर्न लगायतका ठाउँमा पटक पटक यस्ता कार्यक्रम आयोजना हुने गर्दछन् । नयाँ वर्षमा अझ धेरै संख्यामा यस्ता क्रुज पार्टीहरु आयोजना हुन्छ नेपाली समूदायमा । तर, आईतबार मेलबर्नमा आयोजित क्रुज पार्टी अलि फरक थियो । chitwan3चितवन समाज भिक्टोरियाले आयोजना गरेको यस कार्यक्रममा पानी जहाजमा नेपाली झण्डा फहराइएको थियो । अष्ट्रेलियामा नेपाली झण्डा फहराउने संयोग जुराएका थिए संस्थाका अध्यक्ष सोमप्रसाद गुरुंगले । नेपाली झण्डाको अघिल्तिर आफ्नो फोटो खिच्न धेरैले भ्याए, विदेशमै भएपनि स्वदेशी मन उर्लिएर आयो यो पटक दशैंमा । नेपाली खानाका परिकारसहित ४ घण्टाको क्रुज पार्टीमा अधिकांश समय डीजे मिष्टा ब्लिंगले नेपाली गीत नै घन्काए । यही संगीतको तलामा सबै तनाव विर्सिएर दशैंको रमझममा व्यस्त थिए सबैजना । chitwan4 dashainछोटो औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष सोमप्रसाद गुरुंगले भने, “तपाईंहरुको साथ र सहयोग नभएको भए हामीले यस्तो कार्यक्रम गर्ने सोच बनाउनै सक्दैनथ्यौं । सबैलाई धन्यवाद । मुख्यतः कार्यक्रमका समर्थकहरु, प्रायोजकहरु र सहभागी सबैलाई दशैंको शुभकामना ।” सिटको सीमितताका कारणले ईच्छा गरेका सबैलाई समेट्न सकेपनि आगामी दिनमा यो भन्दा बढी नेपाली सम्मिलित क्रुज पार्टी गर्ने योजना रहेको पनि उनले धारणा राखे । यसैगरी कार्यक्रममा चितवन समाज भिक्टोरियाको आजीवन सदस्यता प्रदान गरिएका टीडब्लुजीजी मेलबर्नका निर्देशक एवं एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले चितवन समाजले गर्ने हरेक कार्यक्रम सफल बनेको भन्दै क्रुज पार्टीमा देखिएको सफलताले हर्षित बनेको बताए । उनले विगतदेखि नै जारी राखेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए । आफन्तजनलाई भेट्न मेलबर्न आएका अभिभावकहरुले पनि यस पटक नौलो किसिमको दशैं मनाउन पाएको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा सहयोग गर्नेहरुलाई पारिवारिक कामको सिलसिलामा मेलबर्नमा आउनुभएका नेकपा एमाले केन्द्रीय सल्लाहकार देवी ज्ञवाली र संस्थाका अध्यक्ष गुरुंगले प्रशंसापत्र र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Watch Video here :

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?