अफगानिस्तानको काबुलमा गरिएको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु


afganstanअफगानिस्तानको राजधानी काबुलस्थित शिया धार्मिस्थलमा गरिएको आक्रमणमा कम्तिमा १४ जना मारिएका छन् ।

कार्ते सखीमा गरिएको आक्रमणमा २६ भन्दा बढी घाईते भएका छन् । आक्रमणको समयमा शिया समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको प्रहरीले जनाएको छ । लगत्तै त्यहाँ गोली हानाहानसमेत भएको थियो । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

यसैबीच, हेलमन्द प्रान्तको लश्कर गाबाट तालिवान लडाकुलाई हटाउन सयौं अफगान सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । त्यहाँ चर्किएको संघर्षका कारण जनजीवन त्रसित बनेको छ भने मानिसहरु सुरक्षित स्थानमा जान खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?