सिरियाको एलेप्पो शहरमा रुसले गरेको हवाई आक्रमणमा २५ जनाको मृत्यु
सिरियाको एलेप्पो शहरमा रुसले गरेको भीषण हवाई आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
मारिनेमा बालबालिका पनि रहेको अधिकारकर्मीहरुले जनाएका छन् । सिरियाली सरकारले विद्रोहीको नियन्त्रणमा रहेको द्वन्द्वग्रस्त यस शहरमा स्थानीयलाई बाहिर निस्कन केही दिनको समय दिइएको थियो ।
गत महिना अमेरिका र रुसबीच युद्धविराम भंग भएपछि यहाँ हवाई आक्रमण तीब्र हुन थालेको छ ।
रुसी राष्ट्रपतिको फ्रान्स भ्रमण रद्द भएलत्तगै रुसले एलेप्पोमा हवाई आक्रमण गरेको हो ।
फ्रेञ्च राष्ट्रपति फ्रास्वाँ ओलान्दले एलेप्पोमा गरिएको आक्रमणका कारण रुसी अधिकारीहरुले युद्ध अपराधको मुद्दा खेप्नुपर्ने अवस्था आउने बताएको प्रतिक्रियास्वरुप रुसी राष्ट्रपति भ्लादिमीर पुटीनले भ्रमण रद्द गर्नुभएको हो ।
तर मस्कोले भने सर्वसाधरणलाई नभई आतंकवादी समूहलाई निशाना बनाएको दाबी गर्दै आएको छ ।