सेफ नेपाल भिजिट नेपालमा बद्री पंगेनी, जीतु नेपाल, प्रिती आले र मिलन अमात्यले स्टेज तताउने


प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र एनएफ नेपालको आयोजनामा सिड्नी, ब्रिसबेन र मेलबर्नमा आयोजना हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रवासी नेपाली मञ्चले जनाएको छ । kalakarशनिबार सिड्नीबाट सुरु हुने कार्यक्रमको निम्ति गायक गायिकाहरु बद्री पंगेनी, मिलन अमात्य, प्रिती आले र हाँस्य कलाकार जितु नेपाल शुक्रबार नै आइपुग्दैछन् । नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई अष्ट्रेलियामै रहेका गायक गायिकाहरुले पनि साथ दिने भएका छन् । अहिलेसम्म सिड्नीमा समिर आचार्य र विकास उप्रेतिले आफ्ना प्रस्तुतिमार्फत साथ दिने तय भइसकेको छ । यसैगरी कार्यक्रममा सहभागी हुनकै लागि एनएफ नेपालका पदाधिकारीका साथै पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल पनि अष्ट्रेलिया आउँदै हुनुहुन्छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि शुक्रबार साँझ नै आइपुग्नुहुनेछ । १५ अक्टोबर शनिबारका दिन सिड्नीको वेस्ली थियटरमा कार्यक्रम हुनेछ । दशैं र तिहारको माझमा नेपालको मौलिक गीत संगीतका साथमा अष्ट्रेलियन समूदायलाई नेपाल सुरक्षित छ र एकपटक भ्रमण गरी नेपालको प्राकृतिक सुन्दरताको मजा लिन आह्वान गरिने भएको छ । यस लगत्तै २० अक्टोबरका दिन ब्रिसबेनको बिम्याकस्थित थियटरमा कार्यक्रम आयोजना हुनेछ । यसैगरी २२ अक्टोबरका दिन मेलबर्नको ईस्टोनिया हाउसमा कार्यक्रम हुनेछ । सांस्कृतिक कार्यक्रम अघि अष्ट्रेलियाका तीनवटै शहरमा त्यहाँका पर्यटनदूतहरु, अवैतनिक महावाणिज्यदूतको कार्यालयको सहयोगमा नेपाल सम्बन्धी जानकारी गराईने भएको छ । ishwor-pokhrel

शनिबारको पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम लगत्तै अष्ट्रेलियाका बुद्धिजीवी र अगुवाहरुसँग एमाले महासचिव ईश्वर पोखरेल, पूर्वपर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र काँग्रेसका नेता नवराज गुरुंग अन्तरक्रियात्मकसँग कार्यशाला हुने भएको छ । कार्यशालामा असल शासन, पर्यटन, सूचना प्रवधि, स्वास्थ्य, कृषि लगायतका विषयमा अष्ट्रेलियामा हासिल भएको प्रगति र नेपालले अहिलेसम्म गरिरहेको अभ्यास र गर्न सकिने सुधार लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । यस कार्यशालाको संयोजन गरिरहनुभएका प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका पूर्वअध्यक्ष डा. विनोद श्रेष्ठले नेपालको सामाजिक र आर्थिक रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही छलफल गरिने बताउनुभएको छ । प्रवासी मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले प्रमुख पार्टीको महासचिव, पूर्वमन्त्री र पूर्व सांसदसमेतको उपस्थितिमा देशको सामाजिक र आर्थिक रुपान्तरणको छलफलमा सहभागी हुन बुद्धिजीवीहरुलाई आह्वान गर्नुभएको छ । यस्तै किसिमको अन्तरक्रिया ब्रिसबेनमा पनि आयोजना हुँदैछ । थप जानकारी यो पोष्टरमा
brisbane

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?