विश्वकप महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल अर्को चरण प्रवेशको होडबाटै बाहिरियो


mahila-cricketहङकङमा जारी विश्वकप महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल अर्को चरण प्रवेशको होडबाट बाहिरिएको छ ।

थाइल्याण्डसँग एक विकेटको साँघुरो हार बेहोरेसँगै नेपालको अर्को चरण प्रवेशको सम्भावना सकिएको हो । समुहका ६ मध्ये ५ खेल सकिँदा थाइल्यान्डको ८ तथा नेपाल, हङकङ र चीनको समान ४ अंक मात्रै छ । एसियाली समूहबाट अन्तिम खेलमा शनिबार हङकङसँग भिड्नुपूर्व नै थाइल्याण्ड अर्को चरणमा पुगेको छ । त्यस्तै चीनसँग शनिबार अन्तिम खेल खेल्नुपूर्व नेपालको अर्को चरण पुग्ने सम्भावनाको ढोका बन्द भएको हो ।

शुक्रबारको खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनायो । जारी प्रतियोगितामा नेपालको यो सुधारिएको व्याटिङ प्रदर्शन थियो ।

पूर्व कप्तान नेरी थापाले अविजित रहँदै २५ बलमा ३२, ईन्दु बर्माले २६ तथा निर्मलाकुमारी शाहीले २० रन बनाए ।

जवाफमा थाइल्याण्डले १ सय ९ रनको लक्ष्य ८ बल खेल्न बाँकी छँदा ९ विकेट गुमाएर पूरा ग¥यो ।

६२ रन जोड्दा ७ विकेट गुमाएको थाइल्याण्डलाई पछिल्लो ओभरमा दबाबमा राख्न नसक्दा नेपालले जित नजिक पुगेर पनि हारको सामना गर्नुपरेको हो । करुणा भण्डारीले ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकिनन् । चार टोली सहभागी एसियाली समूहबाट एक टोली अर्को चरणमा प्रवेश गर्नेछ ।

नेपालले अब अन्तिम खेलमा शनिबार बिहान सवा ७ बजे चीनसँग खेल्दैछ ।

पहिलो चरणमा नेपालले चीनलाई तथा दोस्रो चरणमा आयोजक हङकङलाई हराएको थियो ।

अर्को चरण प्रवेशको होडबाट बाहिरिएको चीनले पहिलो चरणमा सबै खेल गुमाए पनि दोस्रो चरणमा थाइल्यान्ड र हङकङलाई पराजित गर्दै सरप्राइज खेल खेलिरहेको छ ।

नेपाल भने अर्को चरणमा छनोट हुन नसके पनि अन्तिम खेलमा चीनलाई हराएर प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?