भिक्टोरियाको बहुसांस्कृतिक उत्कृष्टताबाट चार नेपाली सम्मानित


अष्टेलियाको भिक्टोरीयाराज्यमा भिक्टोरियन मल्टिकल्चरल कमिशनले यस वर्ष चार नेपालीलाई उत्कृष्टताको सम्मान प्रदान गरेको छ । कमिशनले हरेक वर्ष प्रदान गर्ने मल्टिकल्चरल अवार्ड भिक्टोरीया यस वर्ष पनि प्रदान गर्ने क्रममा चार नेपाली पनि सम्मानित भएका हुन् । बहुसंस्कृतिलाई प्रबद्र्धन गर्ने कार्यमा आफ्नो क्षेत्रबाट योगदान दिने क्रममा कमिशनले यस्तो एवार्ड दिने गरेको छ । मेल्वर्नको गर्भरमेन्ट हाउसमा भएको विशेष कार्यक्रममा नेपाली समुदायबाट चारजना सम्मानित भएका हुन् ।

niru
सम्मान ग्रहण गर्ने क्रममा दिपा राई र निरु त्रिपाठी क्रमशः दायँबाट दोश्रो र तेश्रो । तस्वीर : Solangture

नेपाली समुदायमा लामो समयदेखि मानव अधिकार र महिला अधिकारको क्षेत्रमा क्रियाशील दिपा राई, नेपाली सामूदायिक पत्रकारितामा  क्रियाशील युवा पत्रकार निरु त्रिपाठी, नेपाली कला र संस्कृतिलाई भिक्टोरीयामा चिनाउने एक अभियन्ता भरन्सेर राई र खेलकूद तथा सामाजिक कार्यमा क्रियाशिल हरि गुरुङ मल्टिकल्चर अवार्डबाट विभिन्न विधामा सम्मानित भएका छन् । नेपाली समुदायमा लामो समयदेखि समुदायमा क्रियाशिल तथा महिला सशक्तिकरण, मानव अधिकार, सामुदायिक क्षमता अभिबृद्धि, नेतृत्व र परोपकार जस्ता क्षेत्रमा राईको अग्रणी भूमिका रहेको छ । दिपा राईको योगदानलाई भिक्टोरियन मल्टिकल्चरल कमिशनले “Victoria’s Multicultural Awards for Excellence 2016 for Meritorious Service to the Community” नामक अवार्डले सम्मान गरेको हो । यस अवार्डमा तीन क्याटाग्रोरी रहेको हुन्छ । विजेता, हाइली कमेन्डेड र कमेन्डेड । राई हाइली कमेन्डेडबाट सम्मानित भएकी हुन् । यो सम्मान प्राप्त गर्ने व्यक्तित्वले १० वर्षदेखि समूदायमा विशेष योगदान दिएको हुनुपर्ने प्रावधान छ । सोही विधामा समुदायका अन्य दुई अगुवा भरन्सेर राई र हरि गुरुङले पनि सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएका छन् । यसैगरी भिक्टोरियाको बहुसांस्कृतिक उत्कृष्टता मिडियाको विधामा सर्टिफिकेट अफ मेरिटबाट नेपाली टाईम्स् मेल्वर्नकी सम्पादक निरु त्रिपाठी सम्मानित भएकी छिन् । यो सम्मान समूदायमा पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै प्रोत्साहनस्वरुप प्रदान गरेको हो । त्रिपाठी एमएनटीभीसँग पनि आबद्ध छिन् । त्रिपाठी विगत तीन वर्षदेखि मेल्वर्नमा बस्दै आएकी छिन् र भिक्टोरीया यूर्निभर्सिटिबाट उनले पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । भिक्टोरिया सरकारको तर्फबाट हरेक वर्ष प्रदान गरिने मल्टिकल्चरल एक्सिलेन्स अवार्ड यहाँको प्रतिष्ठित अवार्ड मानिन्छ । सम्मानित चारैजनालाई एमएनटीभीको तर्फबाट बधाई ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?