सोलिडारिटी कपका लागि २३ सदस्यीय नेपाली फुटबल टोली घोषणा


solidariti-football-cupआगामी साता मलेसियामा हुने एएफसी सोलिडारिटी कपका लागि २३ सदस्यीय नेपाली फुटबल टोली घोषणा गरिएको छ ।

बन्द प्रशिक्षणमा रहेका २८ जना मध्येबाट ३ जना गोल रक्षक, ८ जना डिफेन्डर, ६ जना मिडफिल्डर र ६ जना स्ट्राइकर गरी २३ जना प्रतियोगिताका लागि छनोट भएका हुन् । टोलीमा पर्नेमा बिकेस कुथु, रबिन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी र बिमल घर्तीमगर छन् । त्यस्तै विशाल राई, रन्जन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अन्जन विष्ट, सुजल श्रेष्ठ र किरणकुमार लिम्बु पनि टोलीमा पर्न सफल भएका छन् ।

यस्तै, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रन्जित धिमाल पनि टोलीमा परेका छन् । टोलीको कप्तानी अनिल गुरुङले गर्नेछन् ।

मुख्य प्रशिक्षक गोयोटोकी कोजु तथा सहायक प्रशिक्षक राजुकाजी शाक्य र उज्जवल मानन्धरसहितको टोली आउने आइतबार मलेसिया जानेछ । समूह ए मा रहेको नेपालले पहिलो खेल टिमोर लिस्टेसँग कात्तिक २० गते खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?