हत्याको आरोपमा अष्ट्रेलियामा एक नेपाली पक्राउ, ४९ वर्षीय कुक हरि ढकाल प्रहरी हिरासतमा


अष्ट्रेलियाको भिक्टोरियाको बालाराटमा रहेको एक भारतीय रेष्टुरेन्टमा कार्यरत कुक हरि ढकाल हत्याको आरोपमा पक्राउ परेका छन् । गएराति ८ः३० बजे प्रहरीले उनलाई होटल परिसरबाटै पक्राउ गरेको हो । ढकाललाई आज विहानै थप अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश लिन अदालतमा प्रस्तुत गरिएको थियो । curryजहाँ उनले कुनै प्रतिवाद नगरेको र अधिकांश समय टाउको निहुराएर मात्रै बसिरहेको हेराल्ड सनले समाचार प्रकाशित गरेको छ । ब्रिजेट डेभिसका अनुसार रेष्टुरेन्टमा ग्राहकको रुपमा आएका ३० वर्षीय अब्दुल्लाह सिद्धिकी र उनकोबीचमा असमझदारी भएको र यसैक्रममा कुक हरि ढकालले हत्या गरेका हुन् । हत्यामा कुनै विशेष खालको हतियार प्रयोग नभएको र किचेनमा प्रयोग हुने औजारबाट नै हत्या गरेको पाइएकोले यो नियोजित नभएको संकेत देखिएको पनि बताइएको छ । राति अबेरसम्म खुल्ने रेष्टुरेन्टहरुमा खाना खाएर पैसा नै नतिरी जानेहरु पनि आउने भएका कारण के कारण झगडा सुरु भएको थियो खुलि सकेको छैन ।  ४९ वर्षीय नेपाली हरि ढकाललाई निष्पक्ष छानविनको आवश्यकता रहेको भन्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयले यस विषयमा कानूनी सहायता उपलब्ध गराउन र परामर्श गर्न पहल थालेको जनाएको छ । महावाणिज्यदूत चन्द्र योञ्जनले भन्नुभयो, “घटनाको विषयमा हामी नजिकबाट हेरिरहेका छौं ।” हरि ढकालका वकिल एन्ड्रयू माडेनका अनुसार ढकालको अंग्रेजी ठीकै खालको मात्र छ भने अष्ट्रेलियामा अरु कोही पनि आफन्त छैनन् । उनले हत्या गरिसकेपछि आफुलाई पनि क्षति पुर्याउने कोसिस गरेको पनि उनले भनेका छन् । पेटको अल्सरका बिरामी ढकाल स्थानीय रिड गेष्ट हाउसमा बस्दथे । यो ठाउँ सस्तो आवासका लागि उपयोग हुने गरेको छ जहाँ एक रात बसेको मात्र २० डलर लाग्ने गर्दछ । उनलाई न्यायाधीश मेरे रोबर्टसनले प्रहरी हिराशतमा राख्ने आदेश दिएका छन् र आगामी मार्च महिनामा उनको मुद्दाको सुनवाई हुने बताइएको छ ।
तस्वीर ईयान विल्सन

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?